इक्वेडरमा इन्धनको मूल्यवृद्धिको विरोधमा भएकाे प्रदर्शन अझै चर्कियाे

 असोज २३, २०७६ बिहिबार २१:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

इक्वेडरमा इन्धनको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कँदै गएको छ ।

एक हप्ता अघिबाट सुरु भएको प्रदर्शनमा हिंसात्मक बन्दै गएको छ । प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन् भने दर्जनौँको संख्यामा प्रदर्शनकारी पक्राउ परेका छन् ।

बस र ट्याक्सीले राजधानी क्विटो र अन्य शहरमा हडताल गरेका छन् भने राष्ट्रपति लेनिन मोरेनोले सङ्कटकालीन घोषणा गर्नु भएको छ । अक्टोबर १ मा राष्ट्रपति मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गरेपछि १ सय २३ प्रतिशत सम्म इन्धनको मुल्यवृद्धि भएको थियो ।

प्रदर्शनकारीले राष्ट्रपति मोरेनोको राजीनामाको माग गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया