श्रीमती र छोरीको गोली हानी हत्या

 असोज २४, २०७६ शुक्रबार १२:२८:१ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुलीको गोलान्जोर गाँउपालिका–६ नाकाझोलीका टेकबहादुर मश्राङ्गीले रक्सी खाएर श्रीमती र छोरीको गोली हानी हत्या गरेका छन् ।

बिहीबार राति करिब ११ बजे घरायसी विषयमा सामान्य विवाद हुँदा टेकबहादुरले आफूसँग भएको भरुवा बन्दुक पड्काएर सुतिरहेको अवस्थामा ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको हत्या गरेको प्रहरीले जनाएको छ ।

टेकबहादुरले श्रीमती र छोरीको हत्यापछि १९ वर्षीय छोरा कृष्णमाथि खुकुरी प्रहार गर्दा उहाँको दायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाले जानकारी दिनुभयो ।

कृष्णलाई उपचारका लागि सदरमुकाम सिन्धुलीमाढीमा रहेको जिल्ला अस्पतालमा ल्याइएको छ । टेकबहादुर मश्राङ्गीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया