टेस्ट क्रिकेटमा काेहलीकाे साताैँ दाेहाेराे शतक, सात हजार रन पूरा

 असोज २४, २०७६ शुक्रबार १८:८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारतले विशाल योगफल तयार पारेको छ । 

पुनेमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले कप्तान विराट कोहलीको दोहोरो शतक र मयंक अग्रवालको शतकको मद्दतमा ६०१ रनमा पारी समाप्तिको घोषणा गरेको हो । कप्तान कोहलीले अविजित दुई सय ५४ रन बनाउँदा मयंक अग्रवालले एक सय आठ रन, रवीन्द्र जडेजाले ९१ र चेतेश्वर पुजाराले ५८ रन बनाए । 

कप्तान कोहलीको टेस्ट करियरमा यो सातौं दोहोरो शतक हो । उनी यो उपलब्धि हासिल गर्ने विश्वको छैटौं र भारतको पहिलो खेलाडी बनेका छन् । कोहलीले सचिन तेन्दुलकर, विरेन्द्र सहवाग, रिकी पोन्टिङ, जावेद मियादाद, युनिस खान, मवर्न अटापट्टूलाई पछि पारेका हुन् । 

त्यस्तै कप्तान कोहलीले टेस्टमा सात हजार रन पनि पूरा गरेका छन् । यसैगरी कप्तानको रुपमा सर्वाधिक शतक बनाउने रेकर्ड पनि कोहलीले आफ्नो पक्षमा पारेका छन् । टेस्ट करियरमा उनले २६ शतक बनाएका छन् । 

योसँगै कोहली कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो र विश्वको दोस्रो कप्तानसमेत बनेका छन् । विश्वको पहिलो ४१ शतक बनाउने कप्तानको रुपमा रिकी पोन्टिङ रहेका छन् ।

अजिंक्या रहाणेले ५९ रन बनाउँदा केशव महाराजको बलमा आउट भएका थिए । रहाणेले चौथो विकेटका लागि कोहलीसँग एक सय ७८ रनको साझेदारी गरेका थिए । यी दुईबीच यो १० औं शतकीय साझेदारी हो । 

यता रवीन्द्र जडेजाले करियरको १२ औं अर्धशतक बनाउँदा कोहलीसँग पाँचौं विकेटका लागि दुई सय २५ रनको साझेदारी गरेका थिए । दक्षिण अफ्रिकाका कागिसो राबडाले तीन विकेट लिए ।

दोस्रो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाले भने खराब सुरुवात गरेको छ । उसले ३६ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ । भारतका उमेश यादवले डिन एल्गर र एदन मार्करमको विकेश लिँदा मोहम्मद शामीले तेम्बा वुभामाको विकेट लिए । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया