सिन्धुपाल्चाेक बस दुर्घटना: ज्यान गुमाउनेकाे संख्या ११ पुग्याे, दुर्घटनाकाे कारण 'ओभरलाेड'

 असोज २४, २०७६ शुक्रबार १९:२१:४ | रासस
unn.prixa.net

सिन्धुपाल्चाेक - इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

भोटसिपाबाट काठमाण्डौका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । 

पाँच जनाको घटनास्थलमा, १ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा र ५ जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।  उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको ज्यान गएको थियाे ।
    
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचास बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुनसक्ने देखिन्छ । दुर्घटनामा घाइते धेरै भएको अनुमान छ । थप विवरण आउन बाँकी रहेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो

दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने आचार्यले बताउनुभयो । एक्स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रु बसमा रहेको नेपालले जानकारी दिनुभयो । हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

घाइतेको धुलिखेल र बनेपामा उपचार हुँदै

बस दुर्घटनामा परेर घाइते भएकाको काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि एक बालकलाई काठमाडौँस्थित काठमाण्डौ मेडिकल कलेजमा ‘रिफर’ गरिएको गिरीले बताउनुभयो ।

उहाँका अनुसार उपचारका लागि ल्याउने क्रममा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ । 

बनेपामा रहेकाे शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको घाइते सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ सिपाटारका सूर्यबहादुर तामाङका अनुसार गाडीमा धेरै यात्रु रहेको र अगाडिको पाङ्ग्रामा हावा कम भएको भन्ने कुरा गरेको कारण गाडी रोकिसकेको अवस्थामा चिप्लेर पल्टेको हो ।

‘बिस्तारै रोकेर अगाडिको शीतलमा गएर काम गर्ने भनेर कुरा गरिरहेकै बेला गाडी चिप्लेर पल्टिहाल्यो’, तामाङले भन्नुभयो, ‘घाइतेमध्ये कोही दशैँमा घर आएर शहर फर्कने, कोही आफन्तकोमा आएर फर्कने रहेका छन् ।’

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया