उदयपुरमा धारिलो हतियारले हानेर आमाछोरीको हत्या

 असोज २५, २०७६ शनिबार १०:५५:१७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – धारिलो हतियारले हानेर उदयपुरमा शुक्रबार एकै परिवारका दुई जनाको हत्या भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-९ चौकिबारीमा  आमा र  छोरीको हत्या भएको हो  ।

त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया सारदाकुमारी चौधरी (गोमा) र उहाँकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियारले हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुवैको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो । हत्या कसले गरेको भन्ने अहिलेसम्म केही खुल्न सकेको छैन् । हत्यामा संलग्नलाई खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताउनुभयो ।  

एसपी मगरका अनुसार  घटनाको अनुसन्धान गर्न धरानबाट तालिम प्राप्त कुकुर मगाइएको छ । मृतक सारदाका श्रीमान वैदेशिक रोजगारको क्रममा देशबाहिर रहेको मृतकका आफन्तहरूले बताएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया