सीता एअरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण, सबै यात्रु सकुशल

 असोज २५, २०७६ शनिबार १३:३१:१९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सदरमुकाम मन्थलीबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको सीता एयरको टुइनअट्टर विमानको पंखामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । 

शनिबार बिहान लुक्लाका लागि १३ जना विदेशी पर्यटक यात्रु र तीन जना चालक दलका सदस्यसहित उडेको सीता एअरको ९ एन–आई–ई विमानको पंखामा चरा पसेपछि उडेको जहाज त्यही हवाइ मैदानमा आकस्मिक अवतरण गराइएको हो । जहाजमा रहेका सबै यात्रुहरु सकुशल रहेका छन् । 

जहाजको पंखामा चरा पसेपछि जहाजको आवाज फरक आएको चालक दलका सदस्यहरुले थाहा पाएपछि जहाज आकस्मिक अवतरण गराइएको नागरिक उड्डयन कार्यालयका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया