मेलम्ची ‘हेडवर्क्स’ को काम सिनो हाइड्रोलाई

 असोज २५, २०७६ शनिबार १३:४३:० | रासस
unn.prixa.net

काठमाण्डाै - मेलम्ची खानेपानी विकास समितिले मुहानमा रहेकाे ‘हेडवर्क्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवर्क्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । निर्माण कम्पनीले १५ महीनामा ‘हेडवर्क्स’ को काम सक्नेगरी समय दिइएको उहाँले बताउनुभयो ।

‘हेडवर्क्स’ निर्माणको लागत एक अर्ब दुई करोड रुपैयाँ हुनेछ । कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरेर काम सुरु गर्नेगरी ठेक्का सम्झौता भएको छ ।

इटलीकाे निर्माण कम्पनी सीएमसीले गएकाे वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो । सुरुङको बाँकी कामका लागि भने ७५ करोड रुपैयाँमा सम्झौता भएको छ ।

काठमाण्डाैमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटकपटक सर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया