जापानमा ६० वर्षपछिकै शक्तिशाली 'ह्यागिबिस' आँधी

 असोज २५, २०७६ शनिबार १४:२२:४५ | एजेन्सी
unn.prixa.net

जापानमा शनिबार आएको शक्तिशाली आँधी 'ह्यागिबिस' राजधानी टोकियोतिर अघि बढिरहेको छ । आँधीका कारण एक जनाको ज्यान गैसकेको छ । 

आँधी आउनुअघि नै यसको प्रभावका कारण ठूलो वर्षा भएको थियो र १६ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जानका लागि भनिएको थियाे । 

आँधीका कारण यातायात र बिजुली सेवा पनि प्रभावित भएको छ भने भूस्खलनको आशंका पनि बढेको अधिकारीहरुले जनाएका छन् । 

निकै शक्तिशाली मानिएको आँधीका कारण यसअघि नै रग्बी विश्व कपको दुई ओटा खेल रद्द गर्नुपरेको थियो । एक हजार ६ सय बढी विमानहरुले पनि उडान गर्न पाएका थिएनन् । 

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले शनिबार साँझ मध्य या पूर्वी जापानमा आँधीको गति २१६ किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरेको छ । 

चिबा क्षेत्रमा ३६ हजार बढी घर तथा भवनहरु क्षतिग्रस्त भएका छन् । स्थानीय सरकारले प्रभावित भवनमा रहिरहेका मानिसहरुलाई सुरक्षित ठाउँतर्फ जान अपिल गरेको छ । 

यो आँधी पछिल्लो ६ दशककै शक्तिशाली र भयानक भएको अधिकारीहरुले जनाएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया