कांग्रेस सांसद अफताव आलम पक्राउ

 असोज २६, २०७६ आइतबार ११:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

रौटहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई आइतबार बिहान रौतहटको राजपुर फरदवा गाउँपालिका वडा नम्बर १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०६४ चैत २७ राति भएको बम विस्फोटमा संलग्न भएको अभियोगमा आलमलाई प्रहरीले पक्राउ गरेको हो । त्यो बम विष्फोटमा परेका आठजना अझै सम्पर्कविहीन छन् ।

सर्वोेच्च अदालतले पक्राउ गर्न आदेश दिएकाले आलमलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया