प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

 असोज २६, २०७६ आइतबार १३:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।

उच्चस्तरीय वार्ता र द्विपक्षीय समझदारी पत्र आदानप्रदान गरेसँगै प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भेटवार्ता भएको हो । 

भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

भेटपछि राष्ट्रपति सी स्वदेश प्रस्थानका लागि विमानस्थलतर्फ लाग्नुभएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया