युरोकप छनोटमा बेल्जियमले लगातार आठौँ जित

 असोज २७, २०७६ सोमबार ७:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

युरोकप छनोटमा बेल्जियमले लगातार आठौँ जित निकालेको छ ।

सन् २०२० मा आयोजना हुने युरोकपका लागि समूह आईबाट छनोट भइसकेको बेल्जियमले आइतबार राति काजकिस्तानमाथि २–० गोल अन्तरको जित निकालेको हो । बेल्जियमले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।

मिश बत्सुयी तुंगाले गोल गदैै २१ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । बात्सुयीले बेल्जियमका लागि २८ खेलमा १६ गोल गरेका छन् ।

आफ्नै मैदानमा पहिलो हाफमा १ गोलले पछि परेको काजकिस्तानले दोस्रो हाफमा बराबरी गर्ने अबसर पाएन । उल्टै थोमस मुनिरले ५३ औं मिनेटमा गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि थप गोल नभएपछि बेल्जियमले सहज जितका साथ अपराजित यात्रा कायमै राख्न सफल भयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया