अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
नवलपरासी – गैँडाको आक्रमणमा परी नवलपरासी पूर्व कावासोतीमा एक जनाको ज्यान जानुका साथै अर्का एक सख्त घाइते भएका छन् ।
आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका यही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट ज्यान गएको हो ।
उहाँको शव यही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए । स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बेला तामाङको आक्रमणमा परी ज्यान गएको सामुदायिक वनका पूर्वअध्यक्ष बलिराम महतोले बताउनुभयो ।
कावासोती–१३ कै ३३ वर्षीया बुद्धिमाया गुरुङलाई पनि गैँडाले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते हुनुभएकी उहाँकोे भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।
सामुदायिक वनमा वैन पैदावार निकासी खुलाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा त्यसो नगर्दा दुर्घटना भएको पूर्वअध्यक्ष महतोले गुनासो गर्नुभयोे । सीमित क्षेत्रमा सुरक्षाको प्रबन्ध गरी वन पैदावर निकाल्न अनुमति दिँदा यस्ता किसिमका दुर्घटना हुनबाट जोगिन सकिने उहाँले बताउनुभयो ।