जनकपुर विमानस्थलमा ताेडफाेड गर्ने सांसद साह काठमाण्डाैबाट पक्राउ

 असोज २८, २०७६ मंगलबार १४:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साेमबार विमानस्थलमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)का सांसद प्रमोद साहलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका साहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा गैर सैनिक हवाइ उडान ऐेन अन्तर्गत मुद्दा दर्ता भएका साहलाई जिप्रका धनुषाकै अनुराेधमा पक्राउ गरिएकाे महानगरीय प्रहरी कार्यालय रानीपाेखरीका प्रवक्ता प्रहरी वरिष्ड उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिनुभयाे ।

पक्राउ परेका साहलाई मंगलबारै जनकपुर पठाइने तयारी भइरहेकाे एसएसपी बज्राचार्यकाे भनाइ छ ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले सांसद साहमाथि गैर सैनिक हवाइ उडान ऐन २०१५ अन्तर्गत उजुरी परेपछि पक्राउ गर्न पत्र काटेकाे स्पष्ट पार्नुभयाे ।  

 

मंगलबार प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिअन्तर्गत अनुगमन उपसमितिको टोलीमा सहभागी भएर ओखलढुंगा जान लागेकाे बेला उहाँलाई प्रहरी नियन्त्रणमा लिएकाे हाे । 

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया