दाङका पत्रकार रिजालको मुटुमा समस्या, आर्थिक सहयोगको याचना

 असोज २८, २०७६ मंगलबार १७:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको देउखुरी क्षेत्रमा क्रियाशील पत्रकार महेश रिजाललाई मुटुमा समस्या देखिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर-१ पुरानो भालुवाङ घर भएका पत्रकार रिजाल अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र, काठमाण्डौमा स्वास्थ्य परीक्षण गराउँदा मुटुको ३ वटा रक्तनली बन्द भएको देखिएको छ ।

उपचारमा स‌ंलग्न चिकित्सकहरुले एक महिनाभित्र अप्रेशन गर्नुपर्ने बताएका छन् । तर आर्थिक अभावले उहाँ समस्यामा पर्नु भएकाे छ ।

आर्थिक अवस्था कमजोर रहेकाले आफूलाई बचाउन उहाँले सबैमा अपिल गर्नु भएको छ । उहाँले आफ्नो ज्यान बचाइ दिन सरकारी, गैरसरकारी कार्यालय, पत्रकार, शुभचिन्तक सबैमा याचना गर्नु भएको छ ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया