महेशराज दाहाल अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त

 असोज २८, २०७६ मंगलबार १५:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त हुनुभएको छ ।

संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हो । मानव तस्करीको आरोप लागेपछि यसअघिकी राजदूत लक्की शेर्पाले गएको पुसमा राजीनामा दिनुभएको थियो ।

रिक्त रहेकाे अष्ट्रेलियाको राजदुत पदमा नियुक्त हुनुभएका महेश दाहाल नेकपाका अध्यक्ष प्रचण्डनिकट मानिनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया