प्रसिद्ध समालोचक ह्यारोल्ड ब्लूमको निधन

 असोज २८, २०७६ मंगलबार १५:५४:२५ | एजेन्सी
unn.prixa.net

प्रसिद्ध समालोचक तथा यल विश्वविद्यालयका प्राध्यापक ह्यारोल्ड ब्लूमको निधन भएको छ । ८९ वर्षीय ब्लूम लामो समय देखि बिरामी रहेका थिए । उपचारका क्रममा न्यू ह्याभनको अस्पतालमा उनको निधन भएको हो ।

सन् १९७३ मा प्रकाशित ‘द एन्जाइटी अफ् इन्फ्लुएन्स’ उनको चर्चित पुस्तक हो । जसमा उनले कुनै पनि प्रकारका कलाकारले आफ्नो प्रेरणालाई कसरी जवाफ दिन्छन् भन्ने कुरा उल्लेख गरेका छन् । त्यस्तै ‘द वेस्टर्न क्यानन’, ‘द बुक अफ् जे’, ‘गूड मोर्निङ अमेरिका’ ब्लूमका बेस्ट सेलर कृति हुन् ।

सन् १९३० मा जन्मिएका ब्लूमका साहित्यिक समालोचनालगायतका ४० भन्दा बढी पुस्तक प्रकाशित छन् । उनले चेल्सी हाउस प्रकाशनका लागि सयौँ पौराणिक कथा सम्पादित पनि गरेका छन् ।

अमेरिकाका अग्रणी समालोचकका रुपमा परिचित ब्लूमले साहित्य सिद्धान्त र साहित्यिक समालोचनाका क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया