विद्यालय कम्पाउण्डभित्रै बसको ठक्करबाट बालिकाको ज्यान गयो

 असोज २८, २०७६ मंगलबार १८:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - नवलपरासी पूर्व नवलपुरमा स्कुल बसको ठक्करबाट एक जना बालिकाको ज्यान गएको छ ।

नवलपुरको गैँडाकोट नगरपालिका–१२, हर्कपुरमा रहेको जनता माध्यमिक विद्यालयमा केजी कक्षामा अध्यनरत त्यही ठाउँ घर भएकी पाँच वर्षीया शान्तिमाया डिसुवाको विद्यालयको बसको ठक्करबाट मंगलबार ज्यान गएको हो ।

विद्यालय कम्पाउण्ड क्षेत्रभित्र नै बसले उनलाई ठक्कर दिएको थियो । विद्यालयको ना ५ ख ६०२६ नम्बरको बसले साइकलबाट झर्ने क्रममा  शान्तिमायालाई स्कुल बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया