शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
साउदी अरेबियामा तीर्थयात्री बोकेको बस लोडरसँग ठोक्किँदा ३५ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस दुर्घटना भएको थियो । बसमा ३९ जना रहेकोमा ३५ जनाको ज्यान गएको हो । अन्य चार जना गम्भीर घाइते भएको मदिना प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन् । घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।