ब्रेक्जिटलाई लिएर नयाँ सम्झाैता भएकाे बेलायती प्रधानमन्त्री जाेनसनकाे भनाइ

 असोज ३०, २०७६ बिहिबार १६:५२:१० | एजेन्सी
unn.prixa.net

ब्रेक्जिट (यूरोपियन संघबाट बाहिरिने विषय) लाई लिएर बेलायत र युरोपियन युनियन (ईयू) बीच एक नयाँ सम्झौतामा सहमति भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा बेलायत र युरोपियन संघका वार्ताकारहरुले ब्रेक्जिटमा नयाँ सहमति जुटाउन सम्भव भएका हुन् ।

जोनसनले ट्वीट गर्दै भने, ‘हामीहरुले सानदार रुपमा नयाँ सम्झौता हासिल गरेका छौँ, जसले अवस्था नियन्त्रणमा आएको छ ।’

दुई पक्षका वार्ताकारहरुले यो नयाँ सम्झौताको कानुनी मस्यौदामा काम गरिरहेका थिए तर अब यो मस्यौदाले बेलायत र युरोपियन संघको संसदबाट सहमति हासिल गर्न बाँकी छ । 

युरोपियन संघका अध्यक्ष जीन क्लाड जंकरले बेलायत र ईयूबीच निष्पक्ष र सन्तुलित सम्झौता भएको बताएका छन् । जंकर र जोनसनले नयाँ सम्झौतालाई समर्थन गर्न आ-आफ्नो संसदसँग अपिल गरेका छन् । 

उत्तरी आयरल्याण्डको पार्टी डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) ले भने यो नयाँ सम्झौता नमान्ने बताएको छ । बेलायती प्रधानमन्त्री जोनसनलाई यो नयाँ सम्झौता संसदबाट पारित गराउन निकै चुनौती हुने देखिएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया