रवि लामिछानेले विदेश जाँदा अदालतको अनुमति लिनुनपर्ने

 असोज ३०, २०७६ बिहिबार २०:२५:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - सञ्चारकर्मी रवि लामिछानेलाई विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटन हेटौँडा इजलासले बदर गरेको छ ।

रवि लामिछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जाँदा अनिवार्य अदालतको अनुमति लिनुपर्ने चितवन जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन हेटौँडा इजलासले बदर गरेको हो ।

बिहीबार उच्च अदालत पाटन हेटौँडा इजलासमा चितवन जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सरकारी वकिलसहित रवि लामिछाने र युवराज कँडेलले छुट्टाछुट्टै निवेदन दिएका थिए । विदेश जाने प्रावधान बाहेकका चितवन जिल्ला अदालतबाट भएको आदेश भने मिलेकै देखिएको भन्दै उच्च अदालतले सदर गरिदिएको छ । 

दुवै मुद्दा एकै विषयको भएको भन्दै एकै लगाउमा राखेर बिहीबार बहस भएको थियो । न्यायधीशद्वय महेन्द्रनाथ उपाध्याय र चण्डीराज ढकालको इजलाशले विदेश जाँदा अदालतको अनिवार्य अनुमति लिनुपर्ने आदेश भने बदर गरेको हो ।

चितवन जिल्ला अदालतले सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो । यस्तै लामिछाने र कँडेललाई भने जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया