कालिका म्युजिक अवार्ड : ‘छक्का पञ्जा-३’ को ‘पहिलो नम्बरमा’ काे ह्याट्रिक

 असोज ३०, २०७६ बिहिबार २०:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - कालिका म्युजिक अवार्डमा यसपालि ‘छक्का पञ्जा ३’ फिल्मको गीत ‘पहिलो नम्बरमा’ले अवार्डमा ह्याट्रिक गरेको छ ।

यो गीतले सर्वोत्कृष्ट चलचित्र महिला गायनमा बिन्दु परियार, सर्वोत्कृष्ट संगीतकारमा दिपक शर्मा र वर्षको सर्वोत्कृष्ट गीतको अवार्ड पाएको छ । ‘पहिलो नम्बरमा’ गीतको रचना राजेन्द्र थापाले गरेका थिए ।

कालिका मिडियाले बिहिबार १७औँ वार्षिकोत्सव अवसरमा १५औँ म्युजिक अवार्ड वितरण गरेको हो । मिडियाले लाइफटाइम अचिभमेन्टसहित ३१  विधामा संगीतकर्मीहरूलाई पुरस्कृत गरेको छ । विभिन्न ३० विधामा यसअघि छनौटमा परेका १ सय ५० गीत रचनामध्येबाट सर्वाधिक मन पराइएका हरेक विधाका एक–एक सिर्जनालाई अवार्ड प्रदान गरिएको कालिका मिडियाले जानकारी दिएको छ ।

वर्षको सर्वोकृष्ट बनेको ‘पहिलो नम्बरमा’ गीतको अवार्ड गायक डेविड शंकर र बिन्दु परियारलाई प्रदान गरिएको थियो । चलचित्र गाय मै पुरुषतर्फ ‘फूल होइन’ गीतका लागि प्रदाप दासले अवार्ड थापे । सर्वोकृष्ट चलचित्र गीतकारतर्फ चलचित्र ‘क्याप्टेन’का गीतकार दिग्गज देउरालीले अवार्ड हात पारे ।

सर्वोकृष्ट भिडियो अभिनयमा ‘इन्स्टाको फोटो’बाट आशिफ साह र महिलातर्फ ‘इन्स्टाको फोटो’ गीतबाट नै रेश्मा घिमिरेले अवार्ड प्राप्त गरे । भिडियो सम्पादनतर्फ ‘सानोमा सानो’का सम्पादक पवन शुश्लिङले निर्देशनमा अशिम शाहले अवार्ड हात पार्दा सार्वेकृष्ट सिनेमटोग्राफरमा ‘मेरो भागको’ तर्फबाट बुद्ध थापाले अवार्ड पाए ।

सर्वोत्कृष्ट युगल गायनमा ‘कर्के नजर’बाट सञ्जीव पराजुली र टीका प्रसाईले अवार्ड प्राप्त गरे । त्यस्तै सर्वोकृष्ट संगीत संयोजनको अवार्ड आशीष अबिरलले पाए । सर्वोत्कृष्ट आधुनिक गीत गायनमा पुरुषतर्फ शिव परियारको ‘मेरो भाग्यको खुसी’ र महिलातर्फ दिपा लामाले ‘कुर्दैछु म’ बाट अवार्ड हात पारे । आधुनिक गीतको संगीततर्फ ‘पिरिम नलाउने’ बाट दिपक शर्मा  र शब्दतर्फ ‘त्यो सपना’ बाट होमनाथ न्यौपानेले अवार्ड प्राप्त गरे ।

सर्वोत्कृष्ट पप गायनमा पुरुषतर्फ ‘सानी’ गीतबाट बुद्ध लामा र महिलातर्फ ‘तिम्रै पखाइमा’ बाट अनामिका मल्लले अवार्ड पाए । पप गीतसंगीततर्फ पनि ‘सानी’कै गीतबाट अशुसेन लामा र सर्वोत्कृष्ट शब्दतर्फ ‘कवि देवकोटा’ बाट गीतकार एकनारायण भण्डारीले अवार्ड पाए ।

सर्वोत्कृष्ट ब्यान्डतर्फ ‘अभया एण्ड दी स्टिम इन्जन्स’ले अवार्ड थाप्यो । त्यस्तै लोकदोहोरी गायनमा पुरुषतर्फ ‘लालुमै’ बाट सन्दीप न्यौपाने र महिलातर्फ ‘गल्बन्दी’बाट शान्ति श्री परियारले अवार्ड पाए ।

लोकदोहोरी गीतको शब्द संकलनतर्फ रमेश बिजीले ‘छोरो अमेरिका छ’ बाट अवार्ड हात पारे ।  लोकदोहोरी संगीतमा ‘सालको पात’ बाट बसन्त थापा र सर्वोत्कृष्ट स्थानीय लोकदोहोरी कलाकारतर्फ अस्मिता डिसीले अवार्ड प्राप्त गरे । त्यस्तै सर्वोत्कृष्ट मध्य नेपाल गायनमा ‘म तिम्लाई माया गर्छु’का गायक तम्पेशेर राई र सर्वोत्कृष्ट नवप्रवेशी कलाकारमा देबेन्द्र बब्लुले ‘कसरी’ गीतबाट अवार्ड प्राप्त गरे ।

सर्वोत्कृष्ट गजलमा ‘चुपचाप छौ तिमी’ बाट आनन्द कार्की र सर्वोकृष्ट राष्ट्रिय गीतमा सुमित खड्काले हात पारे ।

लाइफटाइम अचिभमेन्ट अवार्ड निर शाहलाई

कालिका मिडियाको १५ औँ कालिका म्युजिक अवार्डको लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ चलचित्रकर्मी, कवि, गीतकार तथा नेपाल टेलिभिजनका संस्थापक निरविक्रम शाहलाई प्रदान गरिएको छ ।

हरेक वर्ष प्रदान गर्दै आएको लाइफटाइम अचिभमेन्ट अवार्ड बिहीबार नारायणी कला मन्दिरमा प्रदान गरिएको हो । नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा सिंगो जीवन समर्पण गर्नुका साथै नेपाली टेलिभिजन युगको सुरुवात गरेबापत उहाँलाई अवार्ड प्रदान गरिएको कालिका मिडियाले जानकारी दिएको छ  । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया