सिन्धुपाल्चोकमा एक युवकको विभत्स हत्या

 कात्तिक १, २०७६ शुक्रबार ८:४८:४४ | रासस

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा बुधबार राति एक युवकको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र  २४ वर्षीय बमबहादुर स्याङबो फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ । बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: कात्तिक २६, २०७६

तपाईको प्रतिक्रिया