खेलमा राजनीतिको प्रभाव : एल क्लासिको स्थगित

 कात्तिक १, २०७६ शुक्रबार ९:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

आगामी अक्टोबर २६ मा हुने तय भएको बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको खेल स्थगित भएको छ ।

क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै स्पेनिस फुटबल महासंघले बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा हुने खेल स्थगित गरेको हो । महासंघले क्याटलोनियाको तनावका कारण एल क्लासिको खेल रियल मड्रिडको मैदानमा सार्न प्रस्ताव गरेको थियो ।

तर दुवै क्लबले यो प्रस्ताव अस्वीकार गरेपछि महासंघले खेल स्थगित गरेको हो । खेल डिसेम्बर १८ तारिखमा  गर्न प्रस्ताव गरिएको छ। स्पेनिस ला लिगामा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाले १६ अंक सहित रियललाई पछ्याइरहेको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया