प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कपिलवस्तु – कपिलवस्तु नगरपालिका– २ को वगरगदवा गाउँमा सञ्चालित जुवा खालमा प्रहरीले बिहीबार राति छापा मारी १४ जुवाडे पक्राउ गरेको छ । जुवा खालबाट प्रहरीले ३ लाख ५० हजार नगद बरामद गरेको जनाएको छ ।
प्रहरीले बिहीबार राति करीब १२ बजेको समयमा वरगदवा गाउँका स्थानीय कानु कहारको घरमा सञ्चालित जुवा खालमा छापा मारेको थियो ।
लाखौँ रुपैयाँ हार जित हुने ढंगबाट संस्थागत जुवा संचालन भइरहेको खबर प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताउनुभयो । पक्राउ परेका १४ जनाविरुद्ध प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।