जनकपुर विमानस्थल तोडफोड आरोपमा पक्राउ परेका सांसद साह साधारण तारेखमा रिहा

 कात्तिक १, २०७६ शुक्रबार १४:२९:७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जनकपुर विमानस्थलमा तोडफोड तोडफोड गरेको आरोपमा पक्राउ पर्नु भएका राजपा नेपालका सांसद प्रमोद साह साधारण तारेखमा रिहा हुनु भएको छ ।

जिल्ला अदालत धनुषाको इजलास नं. ३ का न्यायाधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिनु भएको हो ।

शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भएलगतै साधारण तारेखमा छोड्ने आदेश दिएको हो । गएको सोमबार जनकपुर विमानस्थलमा बुद्ध एअरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रहरीले जनकपुर ल्याएको  थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उहाँलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो ।

सांसद साहलाई ४ दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिए पनि प्रहरीले भने दुई दिन अगाडि नै घटनाको अनुसन्धान गरिसकेको बताएको छ ।

नागरिक उड्डयन प्राधिकरणले सांसद साहमाथि गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया