​आईपीएलको प्लेअफमा जम्दै जम्दैनन् शिखर धवन !

 जेठ ९, २०७५ बुधबार ११:३७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ९ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सविरुद्ध सनराइजर्स हैदराबादका ओपनिङ ब्याट्सम्यान शिखर धवनको ब्याट चलेन । 

धवन म्याचको पहिलो बलमै आउट भए । आईपीएलको जारी सिजनमा धवनले रन बनाइरहेको भए पनि मंगलबारको महत्वपूर्ण खेलमा उनले रन बनाउन सकेनन् । मंगलबारको खेलमा सनराइजर्सले चेन्नईसामु मात्रै १४० रनको लक्ष्य दिएको थियो । चेन्नईले ५ बल बाँकी छँदा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । पारीको पहिलो बलमै धवन आउटट भएपछि सनराइजर्स दबाबमा देखिएको थियो । 

शून्यमै आउट भए धवन

चेन्नइविरुद्धको क्वालिफायर खेलमा धवन पहिलो पारीको पहिलो बलमै आउट होलान् भनेर कसैले पनि सोचेका थिएनन् होला । धवनलाई चेन्नईका बलर दीपक चाहरले पहिलो बलमै बोल्ड गर्दै मैदानबाहिर पठाइदिए । धवन यो आईपीएलमा खेलेका १४ मध्ये पहिलो पल्ट शून्यमै आउट भएका हुन् । 

आईपीएलको प्लेअफमा राम्रो छैन धवनको रेकर्ड

शिखर धवनले जति पनि आईपीएलका प्लेअफ खेल खेलेका छन् । सबैमा निराशाजनक प्रदर्शन गरेका छन् । आईपीएलमा उनले अहिलेसम्म जम्मा ९ खेल खेलेका छन् , ९ खेलबाट उनले ९९ रन मात्रै बटुल्न सफल भएका छन् । उनको यी खेलमा ११ को औसत रन रहेको छ । प्लेअफमा उनले सर्वाधिक ३३ रन बनाएका छन् । 

यो आईपीएलमा धवनको प्रदर्शन

आईपीएलको जारी सिजनमा शिखर धवनको प्रदर्शन राम्रै रहेको छ र अहिलेसम्म खेलेका १४ खेलमा उनले ३९.७२ को औसतमा ४३७ रन बनाएका छन् । उनले नटआउट रहँदै ९३ रन बनाएका छन् । साथै उनले १४ खेलमा ४ अर्धशतक प्रहार गरेका छन् । उनले अहिलेसम्म ५३ चौका र १२ छक्का प्रहार गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया