वुमन्स च्याम्पिन्यस लिग: क्याट क्वीन्सले विराटनगर टाइटन्सलाई ५३ रनले हरायाे

 कात्तिक २, २०७६ शनिबार १७:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वुमन्स च्याम्पिन्यस लिग क्रिकेटमा क्याट क्वीन्स काठमाण्डौले तेस्रो जित निकालेको छ । शनिबार काठमाण्डौले विराटनगरलाई ५३ रनले पराजित गरेको हो । विराटनगरको भने यो पहिलो हार हो ।

काठमाण्डाैले दिएको १४० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि लक्ष्मी चौधरीले सर्वाधिक ४० रन बनाउँदा डली भट्टले १३ रन बनाएकी थिइन् ।

बलिङतर्फ काठमाण्डौकी सुमन विष्टले २ विकेट तथा रुविना क्षेत्री र ईश्वरी विष्टले एक-एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डौले निर्धारित ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो । काठमाण्डौका लागि रोमा थापाले अर्धशतक पूरा गर्दै जारी प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ खेलाडी बनिन् ।

रोमाले शनिबार नट आउट ५३ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले नट आउट ३५ रनको योगदान गरिन् । यसैगरी रश्मी चौलागाईँले ३४ रन जोडेकी थिइन् ।

बलिङतर्फ विराटनगरकी डली भट्टले एक विकेट लिएकी थिइन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया