आलममाथिकाे अनुसन्धानमा कांग्रेसले सघाउँछ, निर्दोषले दण्ड र दोषीले उन्मुक्ति पाउनु हुँदैन : सभापति देउवा

 कात्तिक २, २०७६ शनिबार १८:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्या अभियोगमा पक्राउ परेका सांसद तथा पार्टीका केन्द्रीय सदस्य मोहम्मद आफताब आलममाथिको अनुसन्धानमा सहयोग गर्ने बताउनुभएको छ । 

चौतर्फी आलोचनापछि शनिबार विज्ञप्ति निकालेर सभापति देउवाले पूर्वाग्रह र दबाबमुक्त अनुसन्धानका लागि सहयोग गर्ने र निर्दोष दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने कांग्रेसको मान्यता रहेको पनि बताउनुभएको छ । 

गम्भीर मुद्दामा ढिलाइ हुँदा सत्य तथ्य अन्वेषण गर्न बाधा पुग्ने कुरालाई मात्र आफूले संकेत गरेको उहाँले दाबी गर्नुभएको छ । सभापति देउवाले शुक्रबार आलमलाई १२ वर्षअघिको हत्या अभियोगमा अहिले पक्राउ गरेर सरकारले षड्यन्त्र गरेको बताएपछि चौतर्फी आलोचना भएको थियो । 

यसअघि प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्वीटरमार्फत आलम प्रकरणमा सघाउनु पार्टीको दायित्व भएको बताउनुभएको थियो । 

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया