सोलुखुम्बुमा एकै दिन २ ओटा शव भेटिए

 कात्तिक २, २०७६ शनिबार २०:५:२६ | सुवास दर्नाल
unn.prixa.net

 

सोलुखुम्बु - सोलुखुम्बुमा शनिबार दुई ओटा शव फेला परेका छन् ।

खुम्बुपासाङल्हामु गाउँपालिका-२ऽ लुक्लाको एक होटेलमा १ जना र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर-८, केरुङमा १ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

लुक्लाको याक होटलमा मृत अवस्थामा फेला परेका व्यक्ति सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर-९ घर भएका ४० वर्षीय वीर बहादुर तामाङ रहेकाे प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

यता नगरपालिका-८ केरुङमा फेला परेकाे शव स्थानीय ५५ वर्षीया कमिनी शेर्पाको भएकाे सोलुखुम्बु प्रहरीले जनाएको छ । कमिनी शेर्पाको शव स्थानीय पुला शेर्पाको घरको शौचालय अगाडि फेला परेको प्रहरीको भनाइ छ ।

फेला परेका दुवै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ भने घटनाको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक उत्तम कार्कीले बताउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया