स्पेनिस ला लिगा: एइबरलाई तीन-शून्यले हराउँदै बार्सिलाेना शीर्ष स्थानमा

 कात्तिक २, २०७६ शनिबार २१:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ ।

शनिबार भएकाे खेलमा एइबरलाई ३–० ले हराउँदै बार्सिलोना ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ८ खेलबाट १८ अंकसहित रियल मड्रिड तालिकाकाे दाेस्राे स्थानमा छ भने आफ्नाे नवाैँ खेलमा एइबरलाई पराजित गरेपछि १९ अंक बनाएर बार्सिलाेना तालिकाकाे शीर्षस्थानमा पुगेकाे हाे ।

एइबरको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि एन्टाेइन ग्रिजमन, लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे ।

१३औंँ मिनेटमा नै ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बार्सिलोनाका लागि मेस्सी र स्वारेजले दोस्रो हाफमा एक एक गोल गरे । ५८औंँ मिनेटमा ग्रिजमनको पासमा मेस्सीले गोल गर्दै बार्सालाई २–० को अग्रता दिलाए ।

त्यसपछि ६६औंँ मिनेटमा मेस्सीको पासमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितसँगै बार्सिलाेना १९ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । 

 

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया