सिरिएमा युभेन्टसको जित

 कात्तिक ३, २०७६ आइतबार ६:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरिएमा युभेन्टसले बोलोग्नामाथि २–१ को जित निकालेको छ । जितसँगै युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ ।

युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि जानिकको दोस्रो हाफको गोल निर्णायक बन्यो । १९ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । 

२६ औँ मिनेटमा डानिलोले बोलोग्नाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा जानिकले गोल गर्दै युभेलाई तीन अंक दिलाए । 

जितसँगै युभेन्टसले सिरिए तालिकामा चार अंकको अग्रता लिएको छ । युभेन्टसले आठ खेलबाट २२ अंक बनाएको छ भने एक खेल कम खेलेको इन्टरमिलानको १८ अंक छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया