भोजपुरमा एक महिलाको विभत्स हत्या, एक गम्भीर घाइते

 कात्तिक ३, २०७६ आइतबार ८:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।

षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते हुनुभएको छ ।

उनीहरुमाथि शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।

हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको थियो । गम्भीर घाइते नवीनाको चिउँडोमा चोट लागेको जनाइएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया