नेटो कहिल्यै बलियो हुँदैन– ट्रम्प

 असार ३२, २०७५ सोमबार १७:३८:२१ | रासस
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताउनुभएको छ । 

उहाँले भन्नुभयो– यो नेटो संगठन कहिल्यै बलियो पनि हुँदैन र एकीकृत संगठनको रुपमा पनि काम गर्न सक्दैन । 

सोमबार बिहानको खाजा खाने क्रममा फिनल्याण्डका राष्ट्रपति सउली निनिस्टोसँग भएको संक्षिप्त कुराकानीमा उहाँले सो धारणा राख्नुभएको बताइएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न राष्ट्रपति ट्रम्प सोमबार हेल्सिन्की पुग्नु भएको छ । सोही क्रममा उहाँले उक्त प्रतिक्रिया दिनुभएको हो । 

उहाँहरुबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् । युरोप भ्रमणबाटै पछ्याइरहेका मिडियाले यहाँ राष्ट्रपति ट्रम्पका हरेक क्रियाकलापहरुमा निकै चासो दिएका छन् । 

राष्ट्रपति ट्रम्पले हालैमात्र गर्नुभएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उहाँ यहाँ आइपुग्नुभएको हो । 

यस उच्चस्तरीय वार्ताबाट हालैका दिनमा यी दुई देशबीच विकसित राजनीतिक असमझदारीहरुका बारेमा व्यापक मात्रामा छलफल हुने बताइएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया