इंग्लिस प्रिमियर लिग : हारबाट जोगियो लिभरपुल

 कात्तिक ४, २०७६ सोमबार ७:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । जारी सिजनको लिगमा एक खेल पनि नहारेको लिभरपुलको यो यात्रामा युनाइटेडले ब्रेक भने लगाएको छ । 

युनाइटेडका लागि निकै महत्वपूर्ण रहेको खेलमा युनाइटेडले एक गोलको अग्रता जोगाउन सकेन । वर्ल्ड ट्राफोर्डमा ७३ हजार दर्शकमाझ भएको खेलमा लिभरपुलले पुरै खेलमा दबाब दिएको थियो । ६५ प्रतिशत बल पोसेसन राखेको लिभरपुलविरुद्ध खेलको ३६ औं मिनेटमा युनाइटेडले घरेलु दर्शकमाझ अग्रता बनाएको थियो ।

पहिलो हाफको अन्तिममा लिभरपुलले गोल गर्दै खेल बराबरीमा पुर्‍याएको थियो । साडीयो मानेले लिभरपुलका लागि गोल गरे पनि भीएआरले उनको गोललाई मान्यता दिएन । उनले हातले बल छोएको देखिएको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडविरुद्ध ८५ औं मिनेटमा लिभरपुलले खेल बराबरी गर्न सफल भयो । उसका लागि लालानाले गोल गर्न सफल भए । 

त्यसपछि पनि लिभरपुलले बारम्बार दबाब दिएको थियो । यता युनाइटेडले अन्तिममा युनाइेटडले एउटा उत्कृष्ट मौका पाएको थियो भने इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्स चाम्बरलिनको प्रहार सही दिशामा रहन सकेन । उनले गोलकिपर डेविडलाई बिट गरिसकेको अवस्थामा पनि गोल गर्न सकेन ।

यो बराबरीले लिभरपुलले नौ खेलमा २५ अंक बनाएको छ भने सातौं स्थानमा उक्लिएको युनाइेटडको १३ अंक छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया