दाङमा दुई बस ठाेक्किए : २२ जना घाइते

 कात्तिक ४, २०७६ सोमबार १९:२०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको घोराही बर्गदुवामा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् ।

सोमबार बेलुकी घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर–३, वर्गदुवा चोकमा दुई बस एकापसमा ठोक्किँदा २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा दुवै बसका २२ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहीले बताउनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा घाइतेहरुको उपचार भैरहेको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०७६

तपाईको प्रतिक्रिया