२ जना भारतीय  नागरिकविरुद्ध ८ करोड ६ लाख बिगो माग गरी मुद्दा दायर

 कात्तिक ४, २०७६ सोमबार १९:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनचाँदीको अवैध आयात गरी कारोबार गर्ने २ जना भारतीय नागरिकविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्धा दायर भएको छ ।

भारत पालिया खिरी घर भइ अहिले धनगढीमा शिवम् सुनचाँदी पसल चलाउने अतुल वर्मा र सुशीलकुमार राजपुतलाई सुनचाँदी अवैध रुपमा आयात गरी कारोबार गरेको आरोपमा ८ करोड ६ लाख रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

अतुल वर्माले एकाघरका बुवा सुशीलकुमार राजपुतको नाममा दर्ता भएको शिवम सुनचाँदी पसलको आडमा भन्सार छलेर ल्याएको सुनचाँदी बिल बिजकबिना नै खरिद तथा बिक्री वितरण गरेको राजस्व विभागले जनाएको छ ।  कारोबारबाट प्राप्त भएको रकम प्रतिवादी अतुल वर्माको बैंक खातामा जम्मा गरेको विभागको दाबी छ ।

भन्सार राजस्व तथा आयकर समेत चुहावट गरेको कसुरमा बैंक स्टेटमेन्टमा देखिएको ७ करोड ५१ लाख २८ हजार रुपैयाँ र यसलाई पुष्टि गर्ने गरी त्यही रकम बराबरको सुनचाँदीको कारोबार गरेको निजको मोबाइलमा देखिएको तस्बिरबाट पुष्टि भएको विभागले जनाएको छ ।

उनीहरुलाई दोब्बरसम्म जरिबाना र ३ वर्षसम्म कैद सजायको माग गरेर मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया