प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सोलुखुम्बु – यस वर्षको शरद ऋतुमा सगरमाथा आरोहण प्रयास असफल भएको छ । आरोहण अनुमति लिएका २ समूहका १० जनाले आरोहण गर्न नसकेर फर्किएको पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिउँ जमेका कारण बाटो बनाउन नसकिएकाले चुचुरोमा पुग्न नसकिएको हो ।
९ वर्षपछि शरद ऋतुमा सगरमाथा आरोहणको अनुमति दिइए पनि आरोहण प्रयास विफल भएको बताइएको छ । उनीहरुले सेप्टेम्बर ६ तारिखमा शरद ऋतुमा आरोहण अनुमति पाएका थिए ।
अनुमति लिनेहरुमा ४ जना अमेरिकन, ४ जान पोल्याण्ड, १ बेलायती र १ स्पेनिस नागरिक रहेका थिए ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।