दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला भारतद्वारा क्लिनस्वीप

 कात्तिक ५, २०७६ मंगलबार १०:१४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाविरुद्धको तीन टेस्टको शृंखला भारतले क्लिनस्वीप गरेको छ । राँचीमा दक्षिण अफ्रिका फ्लो अनमा पर्दै सिरिज नै गुमाएको हो ।

भारत एक इनिङ्स र २०२ रनले विजयी भयो ।

दोस्रो टेस्टमा पनि अफ्रिका फ्लो अनमा परेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर ४९७ रन बनाउँदै पहिलो पारि समाप्त गरेको घोषणा गरेको थियो । भारतका लागि रोहित शर्माले  दोहोरो शतक सहित २१२ रन बनाएका थिए भने अजिंका रहाणेले ११५ रन बनाएका थिए । रविन्द्र जडेजाले ५१ रन बनाउँदा उमेश यादवले ३१ रन जोडे ।

दक्षिण अफ्रिका पहिलो पारिमा १६२ रनमा अल आउट भएको थियो । पहिलो पारिमा ३३५ रनले पछि परेको अफ्रिका फ्लो जोगाउन दोस्रो पटक ब्याटिङमा उत्रियो । तर  दोस्रो पारि समेत जोडेर अफ्रिकाले भारतले पहिलो पारिमा बनाएको जति रन बनाउन नसक्दा एक इनिङ्स र २०२ रनले हार व्यहोर्न बाध्य बन्यो । दोस्रो पारिमा अफ्रिका १३३ रनमा अल आउट हुन पुग्यो ।

अफ्रिकाका थेनस डी ब्रुइनले सर्वाधिक ३० रन बनाउँदा जर्ज लिन्डीले २७ रनको योगदान गरे ।

दोस्रो पारिमा भारतका मोहम्मद सामीले तीन विकेट लिँदा उमेश यादव र सहजाद नादिमले दुई दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया