वन, रिंगिट र कुवेती दिनारको भाउ बढ्यो, ओमानी रियाल र बहराइन दिनार भने घट्यो

 कात्तिक ५, २०७६ मंगलबार १०:३०:२१ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार कोरियन वन, रिंगिट र कुवेती दिनारको भाउ बढेको छ । ओमानी रियाल र बहराइन दिनारको भाउ केही घटेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने स्थिर छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो सोमबार पनि खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा नै रहेको थियो । 

आज मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो । 

आज ओमानी रियालको भाउ केही घटेको छ । ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ५७ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ८७ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । हिजो सोमबार पनि खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा थियो । 

मलेसियन रिंगिट र कोरियन वनको केही बढेको छ । रिंगिट एककोे खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा थियो । 

वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ । हिजो सोमबार खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको थियो ।

आज कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ भने घटेको छ ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८७ पैसा रहेको थियो ।

 यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७० पैसा रहेको छ । हिजो खरिददर ३०१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७४ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया