एक हजार ८ सय २४ भूकम्प पीडितलाई दोश्रो किस्ता

 असार ३२, २०७५ सोमबार १८:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङका १ हजार ८२४ भूकम्प पीडितले आवास निर्माण वापतको दोश्रो किस्ता बुझेका छन् । २०७४ साल जेठ १९ गतेदेखि पहिलो किस्ता बापतको ५० हजार बुझेर आवास निर्माण सुरु गरेका लाभग्राहीमध्ये १ हजार ८२४ लाभग्राहीले दोश्रो किस्ता बुझेका हुन् । 

पहिलो किस्ता बुझेका खोटाङका ८ हजार १७३ लाभग्राहीमध्ये उनीहरुले दोश्रो किस्ता वापत १ लाख ५० हजारका दरले अनुदान बुझेको राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पूर्वाधारको कार्यालयका प्रमुख सागर आचार्यले बताउनुभयो । 

गएको वैशाख ३० गते यता हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३३५, हलेसी तुवाचुङ नगरपालिकाका ४०३, ऐसेलुखर्क गाउँपालिकाका ४६, रावाबेँसी गाउँपालिकाका १२५, जन्तेढुंगा गाउँपालिकाका १५३, खोटेहाङ गाउँपालिकाका १९२, केपीलासगढी गाउँपालिकाका ९१, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २११, बराहपोखरी गाउँपालिकाका १७६ र साकेला गाउँपालिकाका ९२ लागभग्राहीले दोश्रो किस्ता बुझेका छन् । 

२०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घरविहीन बनेपछि पहिलो किस्ता लिएर डीपीसीको काम पूरा गरेका भूकम्प पीडितलाई दोश्रो किस्ताका वितरण तीव्र पारिएको राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पूर्वाधारको कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया