रुकुममा पाँच किलाे चरेससहित एक महिला पक्राउ

 कात्तिक ५, २०७६ मंगलबार १६:१७:७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वमा एक महिलालाई प्रहरीले चरेससहित पक्राउ गरेको छ।

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ को क्युबाङबाट पक्राउ परेकी २७ वर्षीया सिला सुनारकाे साथबाट प्रहरीले पाँच किलाे चरेस बरामद गरेको बताएको छ ।

त्यसै ठाउँको गर्खानीबाट क्युबाङतिर लैजाँदै गरेको चरेस साेमबार राति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा प्रहरी टोली परिचालन गरेर चरेससहित महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।

पक्राउ परेकी सुनारलाई २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो । केही वर्षदेखि रुकुम पूर्व अवैध चरेस उत्पादन तथा ओसारपसारकाे लागि चर्चामा आउने गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया