विद्युत चोरबाट ५ लाखभन्दा बढी जरिवाना असुली

 असार ३२, २०७५ सोमबार १८:५४:५६ | उषा तामाङ

दोलखा – दोलखा विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष विद्युत चोरी गरी बाल्ने ३४ जनालाई कारबाही गरेको छ ।

नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले चालु आर्थिक वर्ष २०७४÷०७५ मा ३४ जनालाई कारबाही गरी २८ हजार ५ सय २६ यूनिट बराबरको ५ लाख ८७ हजार ७ सय ३८ रुपैयाँ असुल गरेको हो ।

त्यसैगरी विद्युत चोरी गर्दा प्रयोग भएका ४२ थान उपकरण जफत गरिएको छ भने ८८ वटा हुकिङ हटाइएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका सूचना अधिकारी इञ्जिनियर उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै चालु आर्थिक वर्ष ५ सय १२ ग्राहकको विद्युत लाइन काटिएको छ । लाइन काटिएकामा ४ सय १७ ग्राहकबाट एक करोड २३ लाख ३७ हजार ६ सय ४८ रुपैयाँ असुल गरिएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया