गोरखाको पालुङटारमा सिंगुसले टोकेर ६ जना घाइते

 कात्तिक ५, २०७६ मंगलबार १८:५९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा - गोरखाको पालुङटारमा सिंगुसले टोकेर ६ जना घाइते भएका छन् ।

पालुङटार वडा नम्बर–४ को अग्ला  चिलाउने भन्ने जंगलमा गोठालो गएका उनीहरुलाई दिउँसो साढे १२ वजेतिर सिंगुसले टोकेको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ । उनीहरु सबै गाईबस्तु चराउन जंगल गएका थिए ।

घाइते भएकामध्ये पालुङटार ४ बस्ने ४१ वर्षीय निर्मला विक र ५५ वर्षीय दिपक अधिकारीलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

उनीहरु सबै उपचारपछि घर फर्केका इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ ।  गएको तीन वर्ष यता त्यस क्षेत्रमा धेरैलाई सिंगुसले टोकेको स्थानीय बासिन्दाले बताएका छन् ।

सिंगुस मौरी प्रजातिको किरा हो । यसले सिमलको रुखलगायतका अग्लो ठाउँमा गोला बनाउने गर्दछ । सिंगुसको महमा विशेष प्रकारको औषधीय गुण हुने विज्ञहरु बताउँछन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया