सरकारले डाक्टर केसीसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गर्‍याे

 असार ३२, २०७५ सोमबार १९:५:११ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।
 

वार्ता टोलीको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक÷एक जना सहसचिव रहने व्यवस्था पनि गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । 

वार्ता टोलीलाई वार्ताको कार्यविधि र स्थान आफै तय गर्ने कार्यादेश दिइएको छ । १७ दिन यता जुम्लामा पुगेर आमरण अनसन बस्नु भएको वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि पहल गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विभिन्न पेशा र व्यवसायमा संलग्नहरुले काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएका छन ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया