गुल्मीमा जीप दुर्घटना, एक जनाको ज्यान गयो

 कात्तिक ६, २०७६ बुधबार ९:४७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – जीप दुर्घटनामा परि गुल्मीमा एक जनाको ज्यान गएको छ ।

मंगलबार राति कालीगण्डकी गाउँपालिका– ३ जयखानीमा लु १ च ४५४६ नम्बरको जीप रोकिराखेको अवस्थामा अचानक पछाडि गुडेपछि जीपमा सवार २८ वर्षीय झमबहादुर विकको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका विकलाई उपचारको लागि मंगलबार राति नै मिशन अस्पताल पाल्पामा लगिएको थियो । विकको उपचारको क्रममा राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार रावलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया