वुमन्स च्याम्पियन्स लिगको ट्रफी चन्द्रागिरिमा सार्वजनिक

 कात्तिक ६, २०७६ बुधबार ९:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

वुमन्स च्याम्पियन्स लिगको ट्रफी चन्द्रागिरिमा लगिएको छ । बिहीबार हुने फाइनल विजेताले पाउने ट्रफी बुधबार बिहान चन्द्रागिरिमा लगिएको हो ।

फाइनलमा पुगेका चितवन राइनोज र क्याट क्वीन्स काठमाण्डाैका कप्तानले चन्द्रगिरिमा ट्रफि सार्वजनिक गरेका छन् ।

काठमाण्डाैकी कप्तान रुविना क्षेत्री र चितवनकी कप्तान इन्दू वर्माले ट्रफी सार्वजनिक गरे । ट्रफी सार्वजनिकपछि आयोजित पत्रकार सम्मेलनमा दुवै कप्तानले डव्ल्यूसीएलको पहिलो उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् ।

चितवन सबै खेल जित्दै फाइनलमा पुगेको हो भने काठमाण्डाै समूह चरणका तीन खेल जितेको थियो । काठमाण्डाैले प्ले अफमा विराटनगरलाई पराजित गर्दै फाइनलमा चितवनसँगको उपाधि भिडन्त पक्का गरेको हो । फाइनल खेल बिहीबार त्रिवि मैदान कीर्तिपुरमा हुने छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधिका लागि क्याट क्वीन्स काठमाण्डाै र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया