जनकपुरमा गोली प्रहार गरी एक जनाको हत्या

 कात्तिक ६, २०७६ बुधबार ११:४१:६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा गोली हानी एक जनाको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियमा रहेको विद्युत प्राधिकरणको भवन नजिकै स्थानीय ४० वर्षीय मनोज शाहको गोली हानी हत्या भएको हो । 

स्थानीय पंकज चाैधरीसँग पैसाको कारोबार भएको र पैसा माग्न जाँदा प‌ंकजले मनोजको गोली हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले पंकजलाई पक्राउ गरेको छ । 

पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक शाहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया