काठमाण्डाैकाे धर्मस्थलीमा विद्यालयकाे बार्दली भत्किँदा ४२ विद्यार्थी घाइते

 कात्तिक ६, २०७६ बुधबार १७:४२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् । 

विद्यालयको चौरमा भैरहेको खेलकुद गतिविधि हेर्ने क्रममा बार्दली भाँचिएर ४२ जना विद्यार्थी घाइते भएको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिनुभयो । 

घाइते विद्यार्थीहरुलाई उपचारका लागि ग्रीनसिटी अस्पताल पठाइएको एसएसपी सुवेदीले बताउनुभयो । केही विद्यार्थीहरुको हात भाँचिएको र केही विद्यार्थीलाई चोटपटक लागेको प्रहरीले जनाएको छ । विद्यार्थीकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

बार्दलीकाे संरचना कमजोर भएर वा विद्यार्थीको संख्या बढी भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया