प्राविधिक समस्याका कारण तारा एयरको विमान फाप्लुमै राेकियाे

 कात्तिक ६, २०७६ बुधबार २०:४६:४६ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु - तारा एयरलाइन्सको विमानमा समस्या देखिएपछि फाप्लुमा नै रोकिएको छ ।

बुधबार दिउँसो सवा दुई बजे फाप्लुमा अवतरण भएको विमानको हाइड्राेलिक मा समस्या भएका कारण फर्किन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । काठमाण्डौबाट चालक दलका सदस्यसहित १७ जना यात्रु बोकेर फाप्लु आएको नाइन एन एईटी कल साइन भएको विमानको हाइड्रोलिक लिकेज भएका कारण सुरक्षाको हिसाबले बुधबार फाप्लुमा नै राखेको तारा एयरका अपरेशन डाइरेक्टर एवं विमानका क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले बताउनुभयो ।

क्याप्टेन घिमिरेका अनुसार बिहीबार इन्जिनियरसहितको टोली काठमाण्डाैबाट फाप्लु आएर विमानको परीक्षण गरेपछि उडान हुनेछ । फाप्लुबाट केही यात्रु र कार्गो सामान लिएर लुक्ला जाने र लुक्लबाट रामेछापको मन्थली जाने योजना भएको भए पनि योजना प्रभावित भएको क्याप्टेन घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया