लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
क्यानडाले आईसीसी टी–२० विश्वकप छनोटमा लगातार तेस्रो जित निकालेको छ ।
यूएईमा जारी प्रतियोगिता अन्तर्गत वुधबार भएको खेलमा क्यानडाले आएरल्याण्डलाई १० रनले पराजित गरेको हो ।
क्यानडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड निर्धारित ओभरमा ७ विकेट गुमाएर १४६ रनमा रोकिएको थियो । क्यानडाका स्टुआर्ड थम्सनले नट आउट २८ रन बनाउँदा जर्ज डकरेल १० रन बनाएर अन्तिम समयसम्म क्रिजमा रहे पनि जित भने दिलाउन सकेनन् ।
पल स्टर्लिङले २३ तथा ह्यारी टेक्टरले २२ रन बनाएर आउट भएका थिए । आयरल्याण्डलाई लक्ष्य पूरा गर्न नदिन क्यानडाका रोमेश इरांगा र सादविन जफारले दुई-दुई विकेट लिए ।
पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो । क्यानडाका लागि नवनित दालिवालले ६९ रन बनाउँदा नितिश कुमारले ५३ रनको योगदान गरे ।
बलिङतर्फ आयरल्याण्डका बोएड र्यांकिनले २ विकेट लिए ।